Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बस दुर्घटना हुँदा खोटाङमा चार घाइते

    बस दुर्घटना हुँदा खोटाङमा चार घाइते


    • आइतवार, मंसिर १८ २०७९

    • नेपाल वाइड


    बस दुर्घटना हुँदा खोटाङमा चार घाइते
    ब्रेक फेल भएर सडकमा बस पल्टिएको बस ।

    खोटाङ, १८ मंसिर । बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् ।

    ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएका हुन् ।

    टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताए । चालक र सहचालक सहित पाँच जना सवार बस सडकमै पल्टिएको छ ।

    wounded in bus accident_sakela (2).jpg

    ब्रेक फेल भएर सडकमा बस पल्टिएको बस ।

    सम्बन्धित समाचार