Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    समाचारको विषयमा पक्राउ परेका पत्रकार राईको रिहाइको माग

    समाचारको विषयमा पक्राउ परेका पत्रकार राईको रिहाइको माग


    • बुधवार, मंसिर १४ २०७९

    • नेपाल वाइड


    समाचारको विषयमा पक्राउ परेका पत्रकार राईको रिहाइको माग
    पत्रकार गजेन्द्र राई ।

    खोटाङ, १४ मंसिर । नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना शर्त रिहाइको माग गरेको छ । समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइम अन्तरगतको मुद्धा चलाइएकोमा आपत्ती जनाउँदै महासंघले सो मुद्धा खारेज गर्न र विना शर्त रिहा गर्न माग गरेको हो ।

    महासंघका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञाप्ती जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्धा लगाएर पक्राउ गर्नु आपत्तीजनक रहेको बताएका छन् ।

    ‘समाचार लेखेको बिषयमा पत्रकार राई विरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ । यो आफैमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो । समाचारको बिषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नु पर्नेमा साईबर अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक छ,’ अध्यक्ष खत्रीले भने, ‘समाजको विकृति, विसंगति, भ्रष्टाचार, अपराधविरुद्ध निगरानी राख्न र आवाज बुलन्द गराउनु सञ्चार जगतको प्रमुख दायित्व हो । राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र विना शर्त रिहा गर्न माग गर्दछौँ ।’

    नेपाल पत्रकार महासंघ उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानीपोष्ट डटकमका सञ्चालक राईलाई प्रहरीले १० मंसिरमा गाईघाटबाट पक्राउ गरेको थियो ।

    उनलाई निगरानीपोष्टमा प्रकाशित भिडियोको विषयलाई लिएर प्रहरीले बिना पक्राउपुर्जी पक्राउ गरेको महासंघले जनाएको छ । हाल उनलाई साईबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ ।

    नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार राईको रिहाइको माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेश काउन्सिल नेपालले मंगलबार काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने मुद्धामा प्रहरीले कारबाही चलाउनु कानुनविपरित भएको जनाएका छन् ।

    सम्बन्धित समाचार