Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा १३ हजार एक सय मत बदर

    खोटाङमा १३ हजार एक सय मत बदर


    • मंगलवार, मंसिर १३ २०७९

    • नेपाल वाइड


    खोटाङमा १३ हजार एक सय मत बदर
    मत गणना गर्दै कर्मचारी । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, १२ मंसिर । पर्याप्त मतदाता शिक्षाको अभावमा खोटाङमा प्रत्यक्ष र समानुपातिकमा गरी १३ हजार १०० मत बदर भएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालयले उपलव्ध गराएको अन्तिम मत परिणाममा उल्लेख तथ्यांक अनुसार प्रत्यक्षतर्फ पाँच हजार ६३९ मत र समानुपातिकतर्फ सात हजार ४६१ मत बदर भएको पाइएको छ ।

    कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६७ हजार ४०८ मत खसेकामा दुई हजार ९८६ मत बदर भएको छ ।

    यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभा (ख)मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको देशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो ।

    प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये तीन हजार ६२० मत बदर भएको छ । यस्तै, ६७ हजार ४०७ मत खसेको प्रदेशसभा (दुबै क्षेत्र)मा तीन हजार ८४१ मत बदर भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरे पनि बदरको दर अधिक देखिएको छ ।

    मतदाता शिक्षा अन्तरगत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमूना मतदान गरेको थियो । तर अपेक्षा गरे अनुसार मत बदर दर घटेको नदेखिएको तथ्यांकमा उल्लेख छ । विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ ।

    प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका बिशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

    प्रदेश (क)मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् ।

    प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् ।

    सम्बन्धित समाचार