Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दुई नवनिर्वाचितलाई एउटै माला

    दुई नवनिर्वाचितलाई एउटै माला


    • सोमवार, मंसिर १२ २०७९

    • नेपाल वाइड


    दुई नवनिर्वाचितलाई एउटै माला
    प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकुमार राई र प्रदेशसभा सदस्यमा निर्वाचित भूपेन्द्र राईलाई शुभेच्छुक नेता तथा कार्यकर्ताले लगाईदिएको एउटै माला ।

    खोटाङ, १२ मंसिर । खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकुमार राई र प्रदेशसभा सदस्यमा निर्वाचित भूपेन्द्र राईलाई शुभेच्छुक नेता तथा कार्यकर्ताले एउटै माला लगाइदिएका छन् ।

    विजयपछि मतदातालाई धन्यवाद दिन बराहपोखरी गाउँपालिका पुगेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई र प्रदेशसभा सदस्य राईलाई सोमबार शुभेच्छुक एवं कार्यकर्ताले एउटै मालाले बेरेका हुन् । शुभेच्छुकले दुई जना जनप्रतिनिधिलाई ‘जिम्मेवारीको एउटै माला लगाइदिएको भन्दै नचुडाउँन’ आग्रह गरेका छन् ।

    वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत रामकुमार माओवादी केन्द्र र भूपेन्द्र कांग्रेसबाट निर्वाचित भएका हुन् । निर्वाचित भए लगत्तै उनीहरु १० मंसिरदेखि विजयसभा एवं धन्यवाद ज्ञापन कार्यक्रममा हिँडिरहेका छन् ।

    १० मंसिरमा साकेला गाउँपालिका, ११ मंसिरमा खोटेहाङ गाउँपालिकामा विजयसभा गरेको गठबन्धनले १३ मंसिरमा हलेसी, १४ मंसिरमा ऐसेलुखर्क र १५ मंसिरमा केपिलासगढी गाउँपालिकामा कार्यक्रम तय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए ।

    सम्बन्धित समाचार