बुधवार, मंसिर ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ मंसिर । प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई (पिके) एक हजार ९५ मतले अघि छन् । पिकेले १० हजार ५१३ मत पाउँदा गठबन्धन (नेकपा एस)का बीलवलकाजी राईले ९ हजार ४१८ मत पाएका छन् ।
प्रदेशसभा (क)मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ वडा मात्र गणना बाँकी छ । हालसम्म २६ हजार ७९२ मत गणना सकिँदा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले २ हजार १८२ मत, जसपाका राकेश राईले १ हजार ९६२, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार २२१ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ११५ मत, नेमकिपाका केशव राईले ६० मत र स्वतन्त्रका कुमारप्रसाद भट्टराईले १० मत पाएका छन ।