मंगलवार, मंसिर ६ २०७९
नेपाल वाइड
खोटाङ, ६ मंसिर । खोटाङमा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिशाल भट्टराई वाम लोकतान्त्रिक गठबन्धन (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार राईभन्दा ४०९ मतले पछि परेका छन् । हालसम्म ६,२९५ मत गणना सकिँदा भट्टराईले २,५९२ मत र राईले ३,००१ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्यका आठ उम्मेदवारमध्ये जसपाका कृष्णकुमार राईले २०९, राप्रपाका सर्जु श्रेष्ठले ९५, मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरले ६२, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २७, स्वतन्त्रका जयन्द्रकुमार राईले १८ र नेमकिपाका भोजराज बस्नेतले १२ मत पाएका छन् ।
प्रदेशसभामा पनि गठबन्धन अघि प्रदेशसभा (क)मा ८ हजार ७६८ गणना सकिँदा नेकपा (एकीकृत समाजवादी)का बीरवलकाजी राईले ३,२६६ मत, एमालेका पाँचकर्ण राईले ३,२२६ मत पाएका छन् ।
जसपाका राकेश राईले ८४५ मत, नेकपा (माक्सवाद लेनिनवाद)का पदमप्रसाद आचार्यले ४५५ मत, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले ४७७ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १८ मत, नेमकिपाका केशव राईले १५ मत र स्वतन्त्रका कुमारप्रसाद भट्टराईले ३ मत पाएका छन् ।
प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्र राईले ३,००३ मत र एमालेका रामप्रसाद दंगालले २,५५९ मत पाएका छन् । खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ९२ मत, जसपाका प्रेमकुमार राईले ८९ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले ९ र नेककिपाका ध्यानप्रसाद ढकालले ७ मत पाएका छन् ।