Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा ४८ प्रतिशत मत खसे

    खोटाङमा ४८ प्रतिशत मत खसे


    • सोमवार, मंसिर ५ २०७९

    • नेपाल वाइड


    खोटाङमा ४८ प्रतिशत मत खसे
    मतदानपछि दिक्तेलको सरस्वती माबि मतदान केन्द्रको मतपेटिकालाई मूख्य निर्वाचन अधिकृतको कार्यालय लैजाने तयारी गर्दै कर्मचारीको टोली । तस्बीरः दमन राई

    खोटाङ, ५ मंसिर । खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको प्रारम्भिक तथ्यांक अनुसार कुल मतदाताको आधाभन्दा मत खसेको हो ।

    खोटाङमा कुल एक लाख ४२ हजार ७९२ मतदाता थिए । खसेको मतको प्रारम्भिक तथ्यांकमा केही तलमाथि हुनसक्ने जिल्ला न्यायधिस एबं मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्य निर्वाचन अधिकृत सुवाशबावु पुरीले बताए । जिल्लाका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रबाट मतदाताले भोट हालेका छन् ।

    मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । अहिले विभिन्न मतदानस्थलबाट मतपेटिका संकलन भइरहेको छ ।

    रातभर वा ढिलोमा सोमबार बिहानसम्ममा सबै मतदानस्थलबाट मतपेटिका दिक्तेलमा संकलन भइसक्ने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लाका १० पालिकाको केन्द्रमा जम्मा भएको मतपेटिका ढुवानीका लागि प्रतिपालिका दुई/दुई वटा बस प्रयोग गरिएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । छरिएर रहेका मतदानस्थलको मतपेटिका संकलनका लागि ४७ साना तथा ४२ वटा प्रमुख संकलन केन्द्र निर्धारण गरिएको थियो ।

    निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् ।

    सम्बन्धित समाचार