शुक्रवार, मंसिर २ २०७९
नेपाल वाइड
खोटाङ, २ मंसिर । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना स्थल तयार पार्दै सुरक्षाकर्मी । मतदानका लागि कर्मचारीलाई मतदान केन्द्रमा खटाइए लगत्तै तार जालीले बारेर मत गणना स्थल बनाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । यस्तै, मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् ।



