Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु

    खोटाङ : दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु


    • शुक्रवार, मंसिर २ २०७९

    • नेपाल वाइड


    खोटाङ : दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, २ मंसिर । खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ । दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।

    ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले उछिट्याउँदा करिब सात मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताउनुभयो । शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

    सम्बन्धित समाचार