Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

    खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री


    • मंगलवार, कार्तिक २९ २०७९

    • नेपाल वाइड


    खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री
    मतदान केन्द्रमा पठाउन तयारी गरिएको निर्वाचन सामग्री ।

    खोटाङ, २९ कात्तिक । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो ।

    आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

    निर्वाचन कार्यालयमा निर्वाचन सामग्री बुझ्ने र रुजु गर्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी, सुरक्षाकर्मीको भीड लागेको छ । पहिलो चरणमा दुरीका हिसावले टाढा पर्ने बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका पालिकाका मतदान स्थलका लागि निर्वाचन सामग्री पठाउन सुरु गरिएको हो । बुधबारसम्ममा सबै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइसकिने निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्दैछन् ।

    यस्ता छन् निर्वाचन सामग्री

    निर्वाचन सामग्रीको सूचीमा सियो धागोदेखि पुरुष तथा महिला कार्ड, हातहतियार निषेध कार्ड, मोवाईल निषेध कार्ड, धुम्रपान निषेध कार्ड लगायत छन् ।

    मतदान केन्द्रमा स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, सोसर, प्लाष्टिक थैलो, प्लाष्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, चार पिस प्याकेट लाहा, १० पिस प्याकेट जेल पेन (कालो), चार पिस प्याकेट जेल पेन (रातो), स्टिच, स्टिच मेसिन पिन, परिचयपत्र कार्ड, परिचयपत्र प्लाष्टिक कभर, परिचय–पत्र डोरी, सेनीटाइजर, सर्जिकल मास्क, प्राथमिक उपचार सामग्री पठाइएको छ ।

    यस्तै, पोलबुक, पुसपिन (प्याकेट), क्लिप पिन (प्याकेट), प्लाष्टिक सुतली, प्याकिङ टेप, नेपाली कागजको खाम, नेपाली खाम कपडा भएको, सेतो् कागज, रेकर्ड फाइल फित्ता सहित, धागो, सियो, निर्वाचन पोष्टर, मतपेटिका स्टिकर, भित्र कार्ड, बाहिर कार्ड, पुरुष कार्ड, महिला कार्ड, अन्य कार्ड, हातहतियार निषेध कार्ड, मोवाईल निषेध कार्ड, धुम्रपान निषेध कार्ड, मतदाता क्रम संख्या कार्ड, मतकेन्द्र कार्ड, मत संकेट गर्ने नमुना, अस्थायी मतदाता नामावली लगायतका सामग्री पठाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार