Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङका राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि

    खोटाङका राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि


    • सोमवार, कार्तिक २८ २०७९

    • नेपाल वाइड


    खोटाङका राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि
    पुरस्कार ग्रहण गर्दै सिंगिङ सुपरस्टार गायक राजेश राई ।

    खोटाङ, २८ कात्तिक । खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् ।

    आइतबार भएको फिनालेमा प्रथम स्थान प्राप्त गरेका गायक राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । उनी विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

    फिनालेमा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप भएका छन् । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो ।

    सम्बन्धित समाचार