Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दिप्रुङः कांग्रेसका वडा सभापति सहित ६३ जना एमाले प्रवेश

    दिप्रुङः कांग्रेसका वडा सभापति सहित ६३ जना एमाले प्रवेश


    • सोमवार, कार्तिक २१ २०७९

    • नेपाल वाइड


    दिप्रुङः कांग्रेसका वडा सभापति सहित ६३ जना एमाले प्रवेश
    एमाले प्रवेश गरेका राजदेश राईलगायत ।

    खोटाङ, २१ कात्तिक । खोटाङमा नेपाली कांग्रेसका वडा सभापति सहित ६३ जना एमाले प्रवेश गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन् ।

    आईतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पुर्व कार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सह–सचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिती सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राई लगायतको टोली एमाले प्रवेश गरेका हुन् ।

    पार्टी परित्यागको घोषणा गरेको कही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक द्धन्द्धका कारण उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

    कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह–ईन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, उप–सचिव दीपनारण रिजाल लगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए ।

    ‘सत्ताको निम्ति पार्टीको सिद्धान्त र विचारलाई लत्याउँदै विपक्ष पार्टीको चुनाव चिन्हमा भोट माग्नुपर्ने अवस्था आयो । यो निष्ठावान, इमान्दार, सच्चा कार्यकर्ता र पार्टीको सिपाहीको लागि गद्धार काम हो,’ राजदेशले भने, ‘हामी पार्टीको जग मजबुद बनाउन खोज्थ्यौं तर त्यसलाई भताभुंग बनाउन पार्टीकै केही उच्छ्रृंखल चरम व्यक्तीवादी रुपमा लागि परे । त्यस्ता गलत व्यक्तिलाई दण्ड होईन प्रोत्साहित गर्ने काम केन्द्र र जिल्लाका नेतृत्वबाट भएकाले पार्टीबाट अलग भएका हौँ ।’

    सम्बन्धित समाचार