Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : दाँत दुखेको निहुले दलित महिला वडा सदस्य मृत्यु

    खोटाङ : दाँत दुखेको निहुले दलित महिला वडा सदस्य मृत्यु


    • बिहिवार, कार्तिक १७ २०७९

    • नेपाल वाइड


    खोटाङ : दाँत दुखेको निहुले दलित महिला वडा सदस्य मृत्यु
    पदमकुमारी नेपाली ।

    खोटाङ, १७ कात्तिक । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राती २ बजे मृत्यु भएको हो ।

    विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रीयापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृत्यु भएको हो ।

    जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्‍याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृत्यु भएको भाई बिजय नेपालीले बताए ।

    लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो । शल्यक्रीया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरवाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।

    नेपाली गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिईन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटि सदस्य हुन् ।

    सम्बन्धित समाचार