मंगलवार, कार्तिक १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ कात्तिक । छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राती सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरु ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित टिका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग–अलग कोठामा बस्दैआएका थिए ।
सोमबार राती आफुलाई हेपेर बोलेको, आफ्नो श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट टाउको, अनुहार र बायाँ हातमा चोट लागेका रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राती नै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ ।