सोमवार, कार्तिक ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ कार्तिक । सडक दुर्घटनामा परि गम्भीर घाइते बनेका नेकपा एमाले खोटाङका नेता संखर राईको निधन भएको छ । सडक दुर्घटनमा परि गम्भिर घाईते बनेका राईको सोमबार निधन भएको हो ।
विराटनगरस्थित न्यरो अस्पतालमा लामो उपचारपछि घर फर्कनेक्रममा उदयपुरको बेल्टारमा निधन भएको नेकपा एमाले खोटाङका पार्टी सचिब कुमार आचार्यले जानकारी दिनुभयो ।
गत भदौ २ गते इटहरीबाट बाइक चढेर बिराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको माइक्रो भ्यानले ठक्कर दिँदा राईको टाउकोको देब्रे साइडमा गम्भिर चोट लागेको थियो ।
स्वर्गिय राई जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एबं एमाले जिल्ला कमिटि खोटाङको सचिवालय सदस्यको जिम्मेवारीमा रहेको सचिब आचार्यले जानकारी दिनुभयो ।