Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा एमएनओले अघि सार्‍यो महिला उम्मेदवार

    खोटाङमा एमएनओले अघि सार्‍यो महिला उम्मेदवार


    • शुक्रवार, आश्विन २८ २०७९

    • नेपाल वाइड


    खोटाङमा एमएनओले अघि सार्‍यो महिला उम्मेदवार
    मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ)ले अघि सारेका उम्मेदवारहरु ।

    खोटाङ, २८ असोज । मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ)ले खोटाङमा प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा उम्मेदवारी दर्ता गरेको छ । ‘लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार’लाई मुल आदर्श बनाएको मंगोल नेशनल अर्गनाइजेसनले प्रतिनिधिसभा सदस्यमा दिपक मगर, प्रदेशसभा (क)मा प्रयाग राई र प्रदेशसभा (ख)मा बिमला राई (तामाङ)लाई उम्मेदवार उठाएको हो । अन्य दलले पुरुषलाई मात्र अघि सार्दा मंगोल नेशनल अर्गनाइजेसनले भने प्रदेशसभा (ख)मा महिलालाई उम्मेदवारको अवसर दिएको छ ।

    मंगोल नेशनल अर्गनाइजेसनका तीनै जना उम्मेदवार चुनाव चिन्ह भाले बोकेर चुनावी मैदानमा निस्किएका छन् । चुनावी अभियानलाई घनीभुत पारिएको चुनाव प्रचार प्रसार एमएनओ जिल्लासभा खोटाङले जनाएको छ ।

    सम्बन्धित समाचार