Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    स्वतन्त्रको चुनाव चिन्ह पानीको धारादेखि सुर्यमुखी फूल

    स्वतन्त्रको चुनाव चिन्ह पानीको धारादेखि सुर्यमुखी फूल


    • बिहिवार, आश्विन २७ २०७९

    • नेपाल वाइड


    स्वतन्त्रको चुनाव चिन्ह पानीको धारादेखि सुर्यमुखी फूल
    खोटाङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

    खोटाङ, २७ असार । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले थरि थरिका चुनाव चिन्ह पाएका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशसभा (क)बाट गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

    टिकट वितरणमा असन्तुष्टी जनाउँदै पोखेरल लगायत तीन जनाले गठबन्धनकै उम्मेदवार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सर्वधन राई र प्रदेशसभा (क)मै स्वतन्त्र उम्मेदवारी दिएका सुवासकुमार पोखरेलले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

    प्रदेशसभा (क)मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का बीरवलकाजी राई उठेका छन् । धर्मराजको उम्मेदवारीको सिधा असर उनै बीरवलकाजीलाई परेको छ ।

    गठबन्धन विरुद्ध उम्मेदवारी दिएकामा धर्मराज पाँच वर्षका लागि कांग्रेसबाट निष्काशनमा परिसकेका छन् । तर उनले चुनाव चिन्ह पानीको धारा लिएर चुनावी अभियान थालिसकेका छन् । सिट बाँडफाँडमा असन्तुष्ट कांग्रेस धर्मराजलाई नै भोट मागिरहेका छन् ।

    यस्तै, प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जयन्द्रकुमार राईले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका छन् । प्रदेशसभा (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमारप्रसाद भट्टराईले चुनाव चिन्ह जेब्रा पाएका छन् । ६३ वर्षका भट्टराई प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन् ।

    सम्बन्धित समाचार