Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    प्रतिनिधिसभाका लागि खोटाङमा जसपाबाट डा. राईको उम्मेदवारी 

    प्रतिनिधिसभाका लागि खोटाङमा जसपाबाट डा. राईको उम्मेदवारी 


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    प्रतिनिधिसभाका लागि खोटाङमा जसपाबाट डा. राईको उम्मेदवारी 
    प्रतिनिधिसभा निर्वाचनका लागि जसपाबाट डा.कृष्णकुमार राई (केके राई विचमा) प्रदेशसभा (क)मा राकेश राई (दाँया) र प्रदेशसभा (ख)मा प्रेमकुमार राई (बायाँ) ।

    खोटाङ, २३ असोज । प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा जनता समाजवादी पार्टीकातर्फबाट डा. कृष्णकुमार राई (केके राई)ले उम्मेदवारी दर्ता गरेका छन् । आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि जसपाले डा. राईलाई उम्मेदवारका रुपमा अघि सारेको हो ।

    डा. राईले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीले प्रदेशसभा (क)मा राकेश राई र प्रदेशसभा (ख)मा प्रेमकुमार राईलाई उम्मेदवार बनाएको छ ।

    यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि खम्बूवान राष्ट्रिय मोर्चा नेपालले जय खिम्दुङलाई उठाएको छ । खम्बूवानले प्रदेशसभा (ख)मा एसके चाम्लिङलाई उम्मेदवार बनाएको छ । आमुल परिवर्तन मसिया पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यमा चन्द्रमणी राईले उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित समाचार