Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा एमालेको मनोनयन दर्ता

    खोटाङमा एमालेको मनोनयन दर्ता


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    खोटाङमा एमालेको मनोनयन दर्ता
    मनोनयन दर्ताका लागि र्‍याली सहितमुख्य निर्वाचनको अधिकृतको कार्यालयतर्फ जादै गरेका एमाले खोटाङका उम्मेदवारहरुलगायत ।

    खोटाङ, २३ असोज । खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    प्रतिनिधिसभा सदस्यका लागि बिशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि उनीहरु र्‍याली सहित मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।

    यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)बाट उठेका बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसबाट उठेका भूपेन्द्र राईले दिउँसो तीन बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ । गठबन्धनको निर्णयप्रति असहमती जनाउँदै असन्तुष्ट कांग्रेसले पनि प्रतिनिधिसभा र दुबै प्रदेशसभामा छुट्टै मनोनयन दर्ताको तयारी गरिरहेको छ ।

    सम्बन्धित समाचार