Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा एमाले प्रमुख सचेतक भट्टराईलाई टिकट

    खोटाङमा एमाले प्रमुख सचेतक भट्टराईलाई टिकट


    • शनिवार, आश्विन २२ २०७९

    • नेपाल वाइड


    खोटाङमा एमाले प्रमुख सचेतक भट्टराईलाई टिकट
    एमाले खोटाङकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विशाल भट्टराई, प्रदेशसभा ‘क’ का उम्मेदावार पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’ का उम्मेदवार रामप्रसाद दंगाल ।

    खोटाङ, २२ असोज । नेकपा एमालेले खोटाङमा बिशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो ।

    जिल्ला कमिटिबाट भट्टराई सहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बिजयी भएका थिए ।

    यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । राई २०७० को संविधानसभा सदस्यमा बिजयी भएका थिए ।

    उनलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिए पनि केन्द्रीय कमिटिले प्रदेशको टिकट दिएको हो । ‘अनटेष्टेड’ दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

     

    सम्बन्धित समाचार