Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


    • शुक्रवार, आश्विन २१ २०७९

    • नेपाल वाइड


    खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
    खोटाङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

    खोटाङ, २१ असोज । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचन सम्वन्धी गतिविधि सञ्चालनदेखि निर्वाचन गराउने प्रयोजनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    १५ असोजदेखि २० असोजसम्म प्रत्येक निर्वाचन क्षेत्रमा एकवटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको कार्य तालिका अनुसार खोटाङमा एक वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिस मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । सो व्यवस्था अनुसार न्यायाधिश सुवासबाबु पुरीले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् । आसन्न निर्वाचनका लागि खोटाङका १ लाख ४२ हजार ७९२ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार