बुधवार, आश्विन १२ २०७९
नेपाल वाइड
खोटाङ, १२ असोज । आफै सवार ट्याक्टरबाट खसेर किचिँदा खोटाङमा एकको मृत्यु भएको छ । मंगलबार साँझ दिक्तेलबजारबाट व्यापारिक सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्र.१.०२.००३ त १४९२ नम्बरको ट्याक्टरले थिच्दा खार्मीका ५६ बर्षिय टेकबहादुर राईको मृत्यु भएको हो ।
ट्याक्टरको क्याविनमा बसेर यात्रा गरिरहेका राई पल्टिएर जमिनमा झरेपछि सोही ट्याक्टरले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलबाट दशैंको सामान लिएर दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडाटोल पुगेको ट्याक्टरबाट खसेका राईको थिचिएर घट्नास्थलमै मृत्यु भएको हो । राईले किनारा पसल सञ्चालन गर्दैआएका थिए ।