Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार आचार्यले पाए प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

    पत्रकार आचार्यले पाए प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार


    • बिहिवार, आश्विन ६ २०७९

    • नेपाल वाइड


    पत्रकार आचार्यले पाए प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
    राष्ट्रपति विद्यादेबी भण्डारीको हातबाट प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार हरिबोल आचार्य ।

    खोटाङ, ६ असोज । खोटाङका पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाएका हुन् ।

    पुरस्कार बिहिबार काठ्माडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेबी भण्डारीले प्रदान गरेकीछन् । प्रेस काउन्सिलले आचार्य सहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

    डेढ दशकदेखि पत्रकारितामा रहेका आचार्य हलेसी न्युज नेटवर्क प्रालिका सञ्चालक हुन् । हलेसी न्युज नेटवर्कमार्फत खोटाङमा हलेसी साप्ताहिक र हलेसीखबर डटकम अनलाईन सञ्चालनमा छन् ।

    यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको काउन्सिलले जनाएको छ ।

    यस्तै, प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिएको छ ।

    सम्बन्धित समाचार