Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    निमोनियाबाट ग्रसित वालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षको आर्थिक सहयोग

    निमोनियाबाट ग्रसित वालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षको आर्थिक सहयोग


    • मंगलवार, भाद्र २८ २०७९

    • नेपाल वाइड


    निमोनियाबाट ग्रसित वालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षको आर्थिक सहयोग
    १६ महिने वालकलाई सहयोग हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राई ।

    खोटाङ, २८ भदौ । निमोनियाले सिकिस्त भएपछि सहयोग उठाएर कान्तीबाल अस्पताल पुर्‍याइएका १६ महिने बालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षले आर्थिक सहयोग गरेका छन् ।

    निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तीबाल अस्पताल लगिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई सोही गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।

    गाउँपालिका अध्यक्ष राई र वडाध्यक्ष बस्नेतले सोमबार अस्पतालमै पुगेर १०/१० हजार आर्थिक सहयोग गरेका छन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राती कान्तीबाल अस्पताल लगिएको थियो ।

    श्वास फेर्न गा¥हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राती ११.१५ बजे काठ्माण्डौं पठाइएको हो ।

    पत्रकारद्धय कृष्णकला राई र सञ्जिव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फण्डबाट एम्बूलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।

    नेकपा एमाले खोटाङ–काठ्माडौं सम्पर्क मञ्चका उपाध्यक्ष कुमारबाबु बस्नेत (टिवी)ले बालकको उपचार व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
    पत्रकारद्धयले वालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जाल र अनलाइनको पेजमार्फत उजागर गरेका थिए ।

    पत्रकार सञ्जिवको मदानीखबरको पोष्ट हेरेपछि शुभेच्छुक चिरञ्जिीवी रिजालबाट ५ हजार, राजकुमार राईबाट ५ हजार, बिमला राईबाट २ हजार र किसन राईबाट १ हजार आर्थिक सहयोग जुटेको थियो ।

    बिरामी बालकलाई कान्तीबाल अस्पतालमा भर्ना गरिएको छ । थप उपचारका लागि पिडित परिवारले उपचार सहयोगको याचना गरेका छन् । वालकको उपचारका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।

    सम्बन्धित समाचार