Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    एमालेका १५ क्रियासिल सदस्य माओवादी केन्द्र प्रवेश

    एमालेका १५ क्रियासिल सदस्य माओवादी केन्द्र प्रवेश


    • बुधवार, भाद्र २२ २०७९

    • नेपाल वाइड


    एमालेका १५ क्रियासिल सदस्य माओवादी केन्द्र प्रवेश
    पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य समिता कार्की (अस्मीता) केन्द्रीय सदस्य दुर्गाजयन्ती राईलगायत ।

    खोटाङ, २२ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका नेकपा एमालेका १५ क्रियासिल सदस्य माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार एमाले वडा कमिटिका पुर्व सचिव दिपेश राई लगायत माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    दिपेश सहित एमाले वडा कमिटिका उप–सचिव सन्तोष थापा, एमाले निकट दलित मोर्चाको वडा कमिटि अध्यक्ष दिपक हिङमाङ, वडा कमिटि सदस्य सन्तोष राई, विदेश राईलगायतका युवा माओवादी केन्द्र प्रवेश गरेका हुन् । बिचार र सिद्धान्तमा सहमत भएर माओवादी केन्द्र प्रवेश गरेको उनीहरुले बताएका छन् ।

    नवप्रवेशीलाई माओवादी केन्द्रको दिक्तेलस्थित पार्टी कार्यालयमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समिता कार्की (अस्मीता) केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, वैकल्पीक केन्द्रीय सदस्य ध्रुव वुढाथोकी (धिरेन) प्रदेश सदस्य टंक थापा, जिल्ला समन्वय समिती अध्यक्ष दिपक पाण्डे आकाश, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी ईन्चार्ज विनोद आचार्य र दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विसन राईलगायतले पार्टीमा स्वागत गरेका थिए ।

    सम्बन्धित समाचार