Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार

    आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार


    • बुधवार, भाद्र २२ २०७९

    • नेपाल वाइड


    आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार
    मैस्याङटारको पर्यटन प्रवर्द्धनका निर्माणाधीन सुम्नीमा–पारुहाङको सालिक । तस्बिर : दमन राई

    खोटाङ, २२ भदौ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौंर र वरपर जंगलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा बिकास हुँदैगएको हो ।

    मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीयस्थल मैस्याङटारमा स्थानीय पिकनिक जाने गरेका थिए । तर पछिल्लो समय घुमफिर र भ्रमण गर्ने स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए ।

    मैस्याङटारको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुवस्मृति पार्क, मैस्याङटारको शिरमा पुग्ने पदमार्ग लगायतका संरचना बनिसकेको छ । यस्तै, सुम्नीमा–पारुहाङ पार्क निर्माणको काम भइरहेको छ । डाँडाका ठाउँ–ठाउँमा बसेर रमिता हेर्न र आराम गर्न फलामका फलैंचा बनाइएको छ ।

    मैस्याङटारको डाँडामा शिवपार्वती, गणेशमुर्ती, गुराँसपार्क निर्माण गर्ने योजना बनाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । यस्तै, मैस्याङटारको हरिया चौंर र पाखोमा चिया बगान बनाउने, चौरी पालन गर्नेदेखि होमस्टेको योजना अघि सारिएको छ ।

    घुमफिरसँगै वरपरका दृश्यावलोकनका लागि स्थानीय मैस्याङटार पुग्ने गरेका छन् । उत्तरका हिमाल सगरमाथादेखि दक्षिणमा तराईका फाँट दृश्यावलोकन गर्न सकिने मैस्याङटारमा मलायो पोखरी, रमणीय चौंर, हरिया थुम घुमफिर गर्न सकिन्छ ।

    आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परेपनि दिप्रुङ चुइचुम्माबासीको रोजाइमा मैस्याङटार पर्ने गरेको छ । सफा मौसम भएकोबेला तराईका भीमनगर समेत देखिने वडाध्यक्ष राईले बताए । मैस्याङटार पुग्न कच्ची सडक बनिसकेको छ ।

    सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । कुनै चाड वा अवसरका बेला मैस्याङटार पुग्ने स्थानीयले सडकमा पार्किङ गरेको सवारी साधनले सहरको झल्को दिने गरेको स्थानीय गणेशकुमार कार्कीले बताए ।

    परापुर्वकालमा ‘महिलाले हलो जोत्नु हुँदैन’ भन्ने समयमा मैस्याङ नाम गरेकी तामाङ महिलाले खुकुरी भिरेर हलो जोतेर खेती गरेकाले सो डाँडाको नाम नै मैस्याङटार रहन पुगेको इतिहास छ । मैस्याङ दिहुँबाट आएर सो स्थानमा बसेर खेतीपाती गरेर बसेको कार्कीले बताए ।

    maisyangtar_khotang (1).JPG

    maisyangtar_khotang (3).JPG

    maisyangtar_khotang (4).JPG

    maisyangtar_khotang (5).JPGपर्यटकीयस्थल मैस्याङटार । तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार