Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साकेला गाउँपालिकाको भवन शिलान्यास

    साकेला गाउँपालिकाको भवन शिलान्यास


    • मंगलवार, भाद्र २१ २०७९

    • नेपाल वाइड


    साकेला गाउँपालिकाको भवन शिलान्यास
    भवन शिलान्यास गर्दै साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राई ।

    खोटाङ, २१ भदौ । खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले शिलान्यास गरेका छन् ।

    आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित साविकको इलाका कृषि तथा पसुसेवा केन्द्रको कार्यालयबाट गाउँपालिकाको सेवा प्रवाह हुँदैआएको छ ।

    भ्याटसहित ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी–सजिव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए । बाल, लैंगिक र अपांगमैत्री हुने तीन तले सुविधा सम्पन्न भवन सम्झौता भएको मितिले एक वर्ष छ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

    भवन शिल्यान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनितीक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    भवन शिलान्यास कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष राईले मानेभञ्ज्याङमा लाग्दैआएको ऐतिहासिक हाटबजारको नवनिर्मित संरचना उद्घाटन गरेका छन् ।

    सम्बन्धित समाचार