Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लघु जलविद्युत आयोजनाको करेन्ट लाग्दा एकको मृत्यु

    लघु जलविद्युत आयोजनाको करेन्ट लाग्दा एकको मृत्यु


    • आइतवार, भाद्र १९ २०७९

    • नेपाल वाइड


    लघु जलविद्युत आयोजनाको करेन्ट लाग्दा एकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, १९ भदौ । लघु जलविद्युत आयोजनाको करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । शनिबार स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

    करेन्ट लाग्दा गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राती फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो । तर अस्पताल पुर्‍याइए लगत्तै उनलाई मृत घोषणा गरिएको थियो ।

    गत १६ भदौमा छुट्याइएको जम्पर जोड्नेक्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो । मृतकका श्रीमती र चार सन्तान छन् ।

    विद्युतगृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गर्दै स्थानीयलाई सहयोग गर्नेगरेका थिए । बिना सेफ्टी विद्युत मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

    सम्बन्धित समाचार