शनिवार, भाद्र १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ भदौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङ उम्मेदवार टुंग्याउने कसरतमा जुटेको छ । आइतबारसम्ममा उम्मेदवार सिफारिसको काम टुंगिने एमाले जिल्ला सचिव कुमार आचार्यले बताए ।
हालसम्म प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ रामप्रसाद दंगालको मात्र दावी परेको छ । यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ देवबिक्रम राई, सर्वधन राई, लिलानाथ निरौला र अनिसा खनालले दावी प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बिशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दावी रहेको सचिव आचार्यले बताए ।
प्रस्तुत दावीमाथि ‘सर्टलिष्ट’ गर्दै उम्मेदवार सिफारिस गर्ने एमालेले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पनि आइतबार नै टुंग्याइने आचार्यले बताए ।