बिहिवार, भाद्र १६ २०७९
नेपाल वाइड
खोटाङ, १६ भदौ । किरात राई यायोक्खा रावाबेँसी गाउँपालिका अध्यक्षमा बिशाल राई चयन भएका छन् । दोश्रो पालिका सम्मेलनबाट बिशालको अध्यक्षतामा १५ सदस्यीय यायोक्खाको पालिका समिति गठन गरिएको छ ।
उपाध्यक्षमा भुपेन्द्र राई, सचिवमा दिपक राई र कोषाध्यक्षमा भविना राई सर्वसहमत निर्वाचित भएका छन् । यायोक्खाका जिल्ला सचिव युगसन राईको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
यायोक्खाको पालिका सम्मेलन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, यायोक्खा शाखा कतारका प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष एलवि मगर, सचिव उदिम चाम्लिङ, किरात राई विद्यार्थी संघका केन्द्रीय सचिवालय सदस्य डार्विन राई लगायतको उपस्थिति रहेको थियो ।