बुधवार, भाद्र १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ भदौ । सिन्धुलीमा पहिरो खस्दा पुष्पपाल मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार दिउँसो गोलन्जोर गाउँपालिका–२ कुखुरेटारमा ठूलो पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडकमा पहिरो थुप्रिएपछि सवारी साधनको आवागमन बन्द भएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबाट काठ्माडौं जाँदै गरेका र काठ्माडौंबाट फर्कदै गरेका यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउनका लागि मेसिन ल्याउने काम भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।