Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    विप्लवलाई जंगल धपाउने षडयन्त्र भयोः बुढामगर

    विप्लवलाई जंगल धपाउने षडयन्त्र भयोः बुढामगर


    • मंगलवार, श्रावण ३१ २०७९

    • नेपाल वाइड


    विप्लवलाई जंगल धपाउने षडयन्त्र भयोः बुढामगर
    पत्रकार सम्मेलनमा नेपाल कम्यूनिष्ट पार्टीका नेता सन्तोष बुढामगर (बिशन) ।

    खोटाङ, ३१ साउन । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता सन्तोष बुढामगर (बिशन)ले सरकारले आफ्नो पार्टीलाई जंगल धपाउन खोजिरहेको बताएका छन् ।

    नेपाल कम्यूनिष्ट पार्टीले मंगलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलमा सचिवालय सदस्य सदस्य बुढामगरले एमसीसीका बिरुद्ध कालो झण्डा देखाएकै निहुमा महासचिव नेत्रबिक्रम चन्द विप्लव, प्रकाण्ड लगायतका नेतामाथि पक्राउ पुर्जी जारी गर्दै जंगल धपाउने षडयन्त्र गरिरहेको बताएका हुन् । एमसीसीको विरोध गर्ने नेता बिरुद्ध पक्राउ पुर्जी जारी गर्दै सरकारले अमेरिकाप्रति भक्तिभाव देखाएको बुढामगरको दावी थियो ।

    नेता बुढामगरले विप्लव लगायतका नेतामाथि पक्राउ पुर्जी जारी गरेर आसन्न संघ र प्रदेशको चुनावबाट समेत आफुहरुलाई बिमुख बनाउने षडयन्त्र भईरहेको दावी गरे ।

    देशको सिमाना मिचिदा, देशलाई हस्तक्षेप हुँदा विरोध गर्ने, केवल हाम्रो पार्टी मात्रै देखियो,’ बुढामगरले भने, ‘हाम्रो पार्टीलाई पाखा लगाउन सकियो भने निर्वाध रुपले विदेशी शक्तिहरु आउन पाउने भए । हामीले अमेरिकाको विरोध गरेको सरकारले देखि सहेन । पक्राउ पुर्जी नै जारी गरे । यसको पछाडि ठूलो षडयन्त्र छ ।’

    सम्बन्धित समाचार