Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान, पत्रकारले उठाए प्रश्न

    छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान, पत्रकारले उठाए प्रश्न


    • मंगलवार, श्रावण ३१ २०७९

    • नेपाल वाइड


    छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान, पत्रकारले उठाए प्रश्न
    दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर बिजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोली विद्युत नियमित गराउन ध्यानकर्षण गराउदै ।

    खोटाङ, ३१ साउन । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकै दिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।

    झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षती पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौं पटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् ।

    मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर बिजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानकर्षण गराएका छन् ।

    पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए । पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलव्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् ।

    पटक–पटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरुले बताएका छन् । जिल्लामा आइतबार यता छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ ।

    हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउनेक्रममा पटक–पटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए ।

    सम्बन्धित समाचार