Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जसपा खोटाङका अध्यक्षसहित ३९ नेताले गरे पार्टी परित्याग

    जसपा खोटाङका अध्यक्षसहित ३९ नेताले गरे पार्टी परित्याग


    • सोमवार, श्रावण ३० २०७९

    • नेपाल वाइड


    जसपा खोटाङका अध्यक्षसहित ३९ नेताले गरे पार्टी परित्याग
    पार्टी परित्यागको घोषणा गर्दै जसपा खोटाङका अध्यक्ष टंक थापा ।

    खोटाङ, ३० साउन । खोटाङका जनता समाजवादी पार्टीका ३९ नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापा सहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।

    अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये ७ जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, ७ केन्द्रीय सदस्यमध्ये २ जना र ६ जना प्रदेश सदस्यमध्ये ३ जनाले पार्टी परित्याग गरेको जानकारी दिए ।

    जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह–सचिव आशिस राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाडेका छन् ।

    यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गिता श्रेष्ठले पार्टी परित्याग गरेका हुन् । जसपाले जिल्ला कमिटिको बैठक बोलाएकै दिन उनीहरुले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

    थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पंचशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्याक्ष कृष्ण राई लगायतले जसपा छाडेका छन् ।

    उनीहरुले समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने प्रतिवद्धता सहित पार्टी परित्याग गरेको बताएका छन् । छलफल गर्ने र अनूकुलको पार्टीमा प्रवेश गर्ने तयारी गरिएको थापाले बताए ।

    सम्बन्धित समाचार