Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : जलेश्वरीमा हप्ता दिनअघि गएको पहिरोबाट लडेर एकको मृत्यु

    खोटाङ : जलेश्वरीमा हप्ता दिनअघि गएको पहिरोबाट लडेर एकको मृत्यु


    • शनिवार, श्रावण २८ २०७९

    • नेपाल वाइड


    खोटाङ : जलेश्वरीमा हप्ता दिनअघि गएको पहिरोबाट लडेर एकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, २८ साउन । खोटाङमा हप्ता दिनअघि गएको पहिरोबाट लडेर एकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो ।

    भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घट्नास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । उनी तल्लो गाउँमा झरेर घर निस्कनेक्रममा पहिरोबाट खसेका हुन् ।

    करिब चार सय मिटर चौडाईमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गएको ठाउँमा डरलाग्दो भिरालो भिर निस्किएको छ ।

    आवत–जावत गर्ने मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन स्थानीयले पहिरोको शिरमा बाँसको घेराबारा हालेका छन् । तर घेराबारा नाघेर हिँड्नेक्रममा राई भीरबाड लड्न पुगेको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षती भएको हप्ता दिनपछि नै मानवीय क्षती भएको विव्यास अध्यक्ष राईले बताए ।

    जलेश्वरीमा गएको पहिरोले एक करोड ५० लाखको क्षती भएको अनुमान गरिएको छ । पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षती भएको अनुमान गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् ।

    पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतका ११ घर उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभुत विद्यालय समेत जोखिममा परेको छ ।

    सम्बन्धित समाचार