Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जालपाः पहिरोबाट विस्थापित १३ परिवारलाई राहत

    जालपाः पहिरोबाट विस्थापित १३ परिवारलाई राहत


    • मंगलवार, श्रावण २४ २०७९

    • नेपाल वाइड


    जालपाः पहिरोबाट विस्थापित १३ परिवारलाई राहत
    पहिरो पीडितलाई राहत प्रदान गरिदै ।

    खोटाङ, २४ साउन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पहिरो पीडितलाई राहत प्रदान गरेको छ । भिषण वर्षापछि गत १७ असार राती गएको पहिरोबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १३ परिवारलाई सोमबार राहत प्रदान गरेको हो ।

    पहिरोबाट पूर्णरुपमा बिस्थापित भएपछि डाँडाको खेतमा त्रिपाल टाँगेर बसिरहेका सावालुङका रामिरा राई, जीतबहादुर राई, कर्ण बहादुर राई, भिम बहादुर राई, शारदा राई, धनकुमार विश्वकर्मा, पारश राई, युवराज श्रेष्ठ र साउधन राईलाई रेडक्रसले बन्दोवस्तीका सामग्री प्रदान गरेको हो ।

    उनीहरुलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट भाँडा, आठ मिटर बुट्टे कपडा, एक थान कपडा, एक वटा बाल्टिन, दुई थान साडी, डोरी, एक/एक थान कपडा र एक सेट हाइजेनिक किट प्रदान गरिएको छ ।

    यस्तै, पहिरोले घरमा सामान्य क्षति पुगेका मसिरी राई, पुरीमायाँ राई, वलराम राई र पर्शुराम राईलाई एक/एक थान त्रिपाल वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले बताए । पहिरोबाट पिडित भएको महिना दिन वितेपछि बल्ल राहतका सामग्री पुर्‍याइएको हो ।

    पहिरो पीडितलाई वडा कार्यालयमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, डिएसपी उमेश लम्साल, रेडक्रस सभापति ज्ञानेन्द्र जोशी, रेडक्रस मन्त्री वजिमय र वडाध्यक्ष दानबहादुर राईले राहत सामग्री वितरण गरेका थिए ।

    सम्बन्धित समाचार