Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    चट्याङले किसानको गोठ रित्यायो

    चट्याङले किसानको गोठ रित्यायो


    • आइतवार, श्रावण २२ २०७९

    • नेपाल वाइड


    चट्याङले किसानको गोठ रित्यायो
    चट्याङले मारिएको गाईगोरु ।

    उदयपुर, २१ साउन । चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच वटा गाईगोरु मारिएको छ । शनिबार राती वर्षासँर्गै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीन वटा गोरु र दुई वटा गाई मरेको हो ।

    गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए । चट्याङबाट कार्कीको दुई लाखको क्षती भएको प्रहरी मुचुल्का तयार पारिएको छ । मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ । घरभन्दा करिब एक किलोमिटर दुरीमा राखिएको गोठमा चट्याङ परेको हो ।

    सम्बन्धित समाचार