Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    हलेसी तुवाचुङ : भूमीगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण

    हलेसी तुवाचुङ : भूमीगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण


    • बिहिवार, श्रावण १९ २०७९

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : भूमीगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण
    दुर्छिमका स्थानीयले भूमीगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) ।

    खोटाङ, १९ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमीगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् ।

    सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायीक वन ब्लक–१, खिरिम्ते सामुदायीक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् ।

    जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि पानीको श्रोत संरक्षण गर्दै पानीको मात्रा वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ चार स्थानमा ४ किलोमिटर लाम्चो खाडल निर्माण गरिएको हो ।

    जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजनाको आर्थिक सहयोगमा हाम्रो साना किसान कृषि सहकारी संस्था दुर्छिमले भूमीगत जलसंरक्षणका लागि वर्षाको पानी जम्ने ट्रेञ्च निर्माण गरेको हो ।

    सामुदायीक तथा निजी वनमा बारीको गर्‍हा जस्तै लामो–लामो खाल्डो बनाइएको छ । वर्षाको पानी खाल्डोमा जम्ने र सोसिएपछि तल्लो क्षेत्रका मुहान तथा खोलामा पानी बढ्ने सहकारीका अध्यक्ष मनकुमार राईले बताउनुभयो ।

    जलश्रोतको संरक्षणका लागि दुर्छिमकै धारापानी–१ मुहान र धारापानी–२ मुहानमा कंक्रिट संरचना निर्माण गरिएको छ । धारापानी–३ मुहानमा रिचार्ज पोखरी र राबुको वालिंखा घामपानीमा सिँचाई पोखरी निर्माण गरिएको छ ।

    मुहान संरक्षण अन्तरगत खोल्सामा चार वटा चेक ड्याम हालिएको छ । पानी मुहान संरक्षण, समुच्च खाडल निर्माण र संरक्षण पोखरी निर्माणमा १९ लाख खर्च भएको छ । त्यसमध्ये २५ प्रतिशत उपभोक्ता समितिको श्रमदान लागेको छ ।

    gg.jpg
    दुर्छिमका स्थानीयले भूमीगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) ।

    सम्बन्धित समाचार