Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : सुतिरहेकै ठाउँमा मृत भेटिए ट्याक्टर चालक

    खोटाङ : सुतिरहेकै ठाउँमा मृत भेटिए ट्याक्टर चालक


    • बिहिवार, श्रावण १९ २०७९

    • नेपाल वाइड


    खोटाङ : सुतिरहेकै ठाउँमा मृत भेटिए ट्याक्टर चालक
    सांकेतिक तस्बिर

    खोटाङ, १९ साउन । खोटाङमा सुतिरहेको अवस्थामा ट्याक्टर चालक मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २८ वर्षीय किसन हिङमाङ सुतिरहेको ठाउँमा बिहिबार बिहान मृत फेला परेका हुन् ।

    हिङमाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    हिङमाङको मृत्युलाई शंकास्पद मानिएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी वनगाउँका १३ वर्षीया किशोरी सिर्जना वन मृत फेला परेकी छन् । उनी सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार