Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : न्याय माग्दै मृतक थुनुवाको परिवार

    खोटाङ : न्याय माग्दै मृतक थुनुवाको परिवार


    • बुधवार, श्रावण १८ २०७९

    • नेपाल वाइड


    खोटाङ : न्याय माग्दै मृतक थुनुवाको परिवार
    प्रतिकात्मक तस्बिर

    खोटाङ, १८ साउन । कुटपिटबाट प्रहरी हिरासतमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा १८ वर्षीय किरण राई ‘भुदेउ’को परिवारले दोषीमाथि कारबाही तथा क्षतीपुर्तीको माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)लाई गुहारेका छन् ।

    हिरासतमा रहेकोबेला भाग्नेक्रममा प्रहरीको कुटपिटबाट २६ असार २०७० मा ज्यान गुमाएका भुदेउ परिवारले हालसम्म कुनै पनि क्षतीपुर्ती नपाएको तथा दोषी ठहरिएका प्रहरी अधिकृत र जवानलाई कुनै पनि कारबाही नभएको भन्दै पीडित परिवारले अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङलाई गुहारेका हुन् ।

    ‘दोषीमाथि कारबाही नभएको र क्षतीपुर्ती नपाएकाले न्यायको लागि पहल गरिदिन’का लागि मृतकका बुवा बुद्धीबहादुर राईले उजुरी दिएको इन्सेक प्रतिनिति तारानाथ फुयाँलले बताउनुभयो ।

    दोषी प्रहरीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतीपुर्ती दिनका लागि सिफारिस भएको ९ वर्ष पुग्दा समेत आयोगको सिफारिस कार्यान्वयन नभएको भन्दै मृतक परिवारले गत ८ साउनमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङमा उजुरी दिएका थिए ।

    ज्यान मारेको अभियोगमा २८ जेठ २०७० मा पक्राउ परेका भुदेउको २६ असार २०७० मा जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा रहेकै अवस्थामा मृत्यु भएको थियो ।

    भुदेउको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले दोषी प्रहरी अधिकृत सहित ११ जनालाई कारबाही गर्न र पीडित परिवारलाई ३ लाख क्षतिपूर्ती दिन १६ भदौ २०७० मा गरेको सिफारिस हालसम्म कार्यान्वयन नभएको भन्दै पीडित परिवारले विभिन्न मानव अधिकारवादी संघसंस्थालाई गुहार्दैआएका छन् । आयोगको सिफारिस अनुसार दोषी उपर कारबाही नहुँदा राज्यबाट पिडितलाई झनै पिडित बनाउने काम भएको आफन्त रञ्जिव राईले बताउनुभयो ।

    सम्बन्धित समाचार