Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    उत्पादनमा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

    उत्पादनमा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता


    • बुधवार, श्रावण १८ २०७९

    • नेपाल वाइड


    उत्पादनमा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता
    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन सहयोग गर्दै ।

    खोटाङ, १८ साउन । खोटाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन् । ‘उत्पादनमा जोड दिऔं, आत्मनिर्भर बनौं’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन् ।

    पार्टी कमिटिलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाई गरिएको नेपाल कम्युनिष्ट पार्टीका खोटाङ सेक्रेटरी सञ्जिव थापा मगरले बताउनुभयो । धान झार्नका लागि उनीहरुले मेसिन प्रयोगमा ल्याएका छन् ।

    धान काट्न, झार्न र प्याक गर्नमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी, किरात राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय संयोजक जीवन राई, खोटाङ सेक्रेटरी सञ्जिव थापा मगर, सचिवालय सदस्य चक्रबहादुर खत्री, जनस्वयंसेवकका संयोजक कमल थापा लगायत सहभागी छन् ।

    बुढाथोकीमाथि भने सरकारले पक्राउ पुर्जी जारी गरेको अवस्था छ । नेपाल कम्युनिष्ट पार्टीले स्थानीयको खेत कमाउन मागेर धान खेती लगाएका हुन् । आगामी दिनमा जिल्ला कमिटि चामल र तरकारीमा आत्मनिर्भर बनेको थापा मगरले बताए ।

    यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आलु खेती लगाएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । २/३ मुरी आलु भण्डारण गरिएको थापा मगरले बताउनुभयो ।

    janashram_biplab team_khotang3.jpg
    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त  ।

    सम्बन्धित समाचार