Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु


    • सोमवार, श्रावण १६ २०७९

    • नेपाल वाइड


    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु
    मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको तुवाचुङमा खसेको पहिरोले रोकिएको जीप, सडक सुचारुपछि आफ्नो गन्तव्यतर्फ लागेका छन ।

    खोटाङ, १६ साउन । खोटाङमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । भारी वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक ठप्प भएको थियो । हलेसी तुवाचुङ नगरपालिकाको स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएर दुई घण्टापछि सडक सुचारु गराइएको हो ।

    सडकमा पहिरो खसेपछि दिक्तेलबाट काठ्माडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टा जाने सवारी साधन बाटैमा रोकिएका थिए । वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ ।

    मध्यपहाडी लोकमार्ग अन्तरगतै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । वर्षापछिको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक बन्द भएका छन् ।

    सम्बन्धित समाचार