Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध


    • सोमवार, श्रावण १६ २०७९

    • नेपाल वाइड


    पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध
    मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको तुवाचुङमा खसेको पहिरो ।

    खोटाङ, १६ साउन । पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक ठप्प भएको हो ।

    सडकमा पहिरो खसेपछि दिक्तेलबाट काठ्माडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टा जाने सवारी साधन बाटैमा रोकिएका छन् ।

    सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको छ ।

    वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षापछिको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक बन्द भएका छन् ।

    1.jpg

    2.jpg

    4.jpg

    मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको तुवाचुङमा खसेको पहिरो । तस्बिर सौजन्य : भिम राई

     

    सम्बन्धित समाचार