आइतवार, श्रावण १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षती मूल्यांकनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।
आइतबार बिहान ८.१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर ६ मेग्नेच्युडको भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह–मन्त्रालयलाई पत्राचार गरेको हो ।
भूकम्पबाट भौतिक एबं मानवीय क्षतीको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख बिमला राईले बताईन् ।
भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ । मात्तिमविर्तामा १७ घर चर्किएको छ । क्षतीको विवरण संकलन जारी छ ।