Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    भुकम्पको क्षतीको विवरण संकलन हुँदै

    भुकम्पको क्षतीको विवरण संकलन हुँदै


    • आइतवार, श्रावण १५ २०७९

    • नेपाल वाइड


    भुकम्पको क्षतीको विवरण संकलन हुँदै
    सांकेतिक तस्बिर

    खोटाङ, १५ साउन । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ५.३ रेक्टर स्केलको भुकम्पको क्षतीको विवरण संकलन भइरहेको छ ।

    हालसम्म जनधनको क्षती भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताए । मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।

    हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतीको विवरण उपलव्ध गराउन सुचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए ।

    भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । पटक–पटक पराकम्पन दोहोरिएपछि नागरिकमा त्रसित भएका छन् । पराकम्पन दोहोरिने त्रासमा छन् ।

    सम्बन्धित समाचार