Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जन्तेढुंगाः बालिकालाई बलात्कार गरेको अभियोगमा युवक बिरुद्ध जाहेरी दर्ता

    जन्तेढुंगाः बालिकालाई बलात्कार गरेको अभियोगमा युवक बिरुद्ध जाहेरी दर्ता


    • शनिवार, श्रावण १४ २०७९

    • नेपाल वाइड


    जन्तेढुंगाः बालिकालाई बलात्कार गरेको अभियोगमा युवक बिरुद्ध जाहेरी दर्ता
    सांकेतिक तस्बिर

    खोटाङ, १४ साउन । १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव वान्तवा राई बिरुद्ध जाहेरी दर्ता भएको छ ।

    मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी बालिकालाई पटक–पटक जवरजस्ती करणी गरेको दावी सहित अभियुक्त राई बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।

    छिमेकीको घरमा पुजा खान गएकोबेला २९ चैत २०७८ राती ‘हिँड मेरो घर जाउँ’ भनेर आफु सुत्ने कोठामा लगेर पहिलोपल्ट जवरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । त्यस यता पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले पुःन ३० असार २०७९ मा जवरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पिडित बालिका बताउँछिन् ।

    मादक पदार्थ सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ ।

    डर धम्कीका कारण कसैलाई केही नबताएकी बालिकाले पटक–पटक जवरजस्ती करणी गर्न खोजेकाले वाध्य भएर छिमेकी भाउजुमार्फत घटना सार्वजनिक गरेको आफन्त डेनी राईले बताए ।

    घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गत ५ साउनमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए ।

    तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि १० साउनमा जिल्ला प्रहरी कार्यालय पुगेर दोषी बिरुद्ध जाहेरी दिइएको हो । ‘मिल्न’का लागि दवाव दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    जवरजस्ती करणीको घटना सार्वजनिक भएपछि समाज बसेर मिलाउने प्रयास भएको तर नमिलेका कारण ढिलागरी जाहेरी आएको प्रहरीले जनाएको छ । बराहपोखरी गाउँपालिका घर भएकी बालिका आमासँग मावली घरमा बस्दैआएकी छन् ।

    सम्बन्धित समाचार