Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मनोज–झपेन्द्र स्मृति दिवसः बिरामीलाई फलफुल वितरण

    मनोज–झपेन्द्र स्मृति दिवसः बिरामीलाई फलफुल वितरण


    • शनिवार, श्रावण १४ २०७९

    • नेपाल वाइड


    मनोज–झपेन्द्र स्मृति दिवसः बिरामीलाई फलफुल वितरण

    खोटाङ, १४ साउन । शहीद मनोज जोशी–झपेन्द्र कार्कीको ३१ औं स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

    कर्मचारी आन्दोलनका क्रममा शहीद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शनिबार जिल्ला अस्पतालमा उपचार गराइरहेका २५ बिरामीलाई फलफुल वितरण गरिएको हो ।

    मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले बिरामीलाई फलफुल वितरण गरेका हुन् ।

    २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकैक्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइदैछ ।

    स्मृति दिवसको अवसरमा शुक्रबार दिक्तेलस्थित मनोज मार्ग सरसफाई गर्नुका साथै अनेरास्ववियुले रक्तदान कार्यक्रम गरेको थियो । आइतबार बिहान जोशीको समाधिस्थलमा श्रद्धाञ्जलीसभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए ।

    जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदैआएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।

    सम्बन्धित समाचार