Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ऐसेखुखर्कमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते

    ऐसेखुखर्कमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते


    • बुधवार, श्रावण ११ २०७९

    • खेमराज पुरी


    ऐसेखुखर्कमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते
    सांकेतिक तस्बिर

    खोटाङ, ११ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत बैसाखदेखि हालसम्म कुकुरको टोकाईबाट ८९ जना स्थानीय घाइते भएका छन् ।

    प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाईते भएका हुन् । गम्भीर प्रकृतिका ६ जना घाइतेलाई काठ्माण्डौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एबं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

    केही दिनअघि ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा घर पालुवा कुकुरले ५ जनालाई टोकेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क रैकरमा भैंसी, गोरु र खसीलाई कुकुरले टोकेर घाइते बनाएको छ ।

    कतिपय घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कतिपय कुकुरले घर पालुवा पशु तथा चौपायलाई गोठमै गएर आक्रमण गर्नेगरेको स्थानीय बताउँछन् ।

    हुल बाँधिएर हिड्ने कुकुरले खसी, गोरु, गाई, भैंसी, भेडा लगायतलाई आक्रमण गर्नेगरेका छन् । गत चैतमा ऐसेलुखर्कको चित्रेमा कुकुरले टोकेको भैंसी र गोरु मरेको राजभण्डारीले बताए ।

    कुकुर आतंकका कारण गाउँपालिकाबासी त्रसित छन् । बेवारिसे अवस्थामा हिँडडुल गर्ने कुकुरले टोक्न थालेपछि विद्यार्थीलाई आवत–जावत गर्न, स्थानीयलाई हाटबजार गर्न, मेलापात जान समस्या हुन थालेको छ ।

    कुकुरको आतंक बढेसँगै गाउँपालिकाले १० साउनमा बिज्ञाप्ती जारी गर्दै घर पालुवा कुकुरलाई बाँधेर राख्न, साँझको बेला हिँडडुल गर्दा सावधानी अपनाउन, आफ्नो सुरक्षा आफै गर्न आव्हान गरेको छ ।

    ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडि जताततै कुकुरले टोक्न थालेपछि वडा–वडामा कुकुरलाई रेबिज बिरुद्धको खोप दिइएको थियो ।

    सम्बन्धित समाचार