Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार खत्रीले दिए प्रेस युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी

    पत्रकार खत्रीले दिए प्रेस युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी


    • शुक्रवार, श्रावण ६ २०७९

    • नेपाल वाइड


    पत्रकार खत्रीले दिए प्रेस युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी
    पत्रकार दिलीप खत्री ।

    खोटाङ, ६ साउन । खोटाङका पत्रकार दिलीप खत्रीले नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । विगत १९ वर्षदेखि पत्रकारितामा आवद्ध खत्रीले हेटौडामा शनिबार र आइतबार हुने प्रेस युनियनको नवौं राष्ट्रिय महाधिबेसनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

    पत्रकार खत्रीले संस्थापनबाट शुक्रबार (खुला) केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् । संस्थागत सुदृढिकरण, पेशागत सुरक्षा, मर्यादित र व्यवसायीक पत्रकारिताको प्रवद्र्धन गर्ने नारा लिएर युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिइएको खत्रीले बताए ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी निवासी पत्रकार खत्रीले दिक्तेल बजार पाक्षिकबाट २०६० सालदेखि पत्रकारिता सुरु गरेका हुन् ।

    उनी हाल नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष छन् । उनले २०६२ देखि २०६७ सम्म नेपाल पत्रकार महासंघ शाखाको उपाध्यक्ष र २०६७ देखि २०७५ सम्म प्रेस युनियनको जिल्ला अध्यक्षको भूमीका निर्वाह गरिसकेका छन् ।

    खत्री खोटाङखबर साप्ताहिकको प्रकाशक÷सम्पादक, रोदिकखबर डटकम र खोटाङ टुडे दैनिकको सम्पादक छन् । उनी प्रकाशक/सम्पादक रहेको खोटाङखबर साप्ताहिक खोटाङबाट नेपाल सरकारको वर्गीकरणमा पर्ने पहिलो पत्रिका हो ।

    खत्रीसँग नेपाल टेलिभिजन, नेशनल टेलिभिजन, अन्नपुर्णपोष्ट दैनिक, द हिमालयन टाइम्स अङ्ग्रेजी पत्रिका, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल लगायतका मिडियामा काम गरेको अनुभव छ ।

    सम्बन्धित समाचार