बिहिवार, श्रावण ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ साउन । खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायीक विद्युत वितरण केन्द्रले विद्युतको मासिक महसुल घटाएको छ । सामुदायिक विद्युत वितरण केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो ।
सामुदायिक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सोमबार दुबेकोलमा बसेको बैठकले १ साउनदेखि लागुहुने गरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो ।
सामुदायिक विद्युत वितरण केन्द्रबाट रावाबेँसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुबेकोल तथा ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत उपभोग गर्दैआएका छन् ।
सामुदायिक विद्युत वितरण केन्द्रलाई छाडेर नेपाल विद्युत प्राधिकरण अन्तरगतको विद्युत उपयोग गर्न चाहने ग्राहकलाई सबै उपभोक्ताको हस्ताक्षर र सम्वन्धित वडाको सिफारिसका आधारमा नियमानुसार सिफारिस दिइने अध्यक्ष निरौलाले बताए ।